काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको विद्युत लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले विद्युत लाइन जोड्ने निर्णय गरेको हो ।
यसअघि प्राधिकरणले गत कात्तिक आठ गते बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटिदिएको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी डाटा तथा तत्काल प्रचलित कानूनबमोजिम १५ दिनभित्र बक्यौता असुली गर्ने निर्णय गरेको थियो ।
तर, सोमबार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले मन्त्रिपरिषद्को निर्णयको विरोध गरेका थिए । उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम नबुझाएरै लाइन जोडिए संघर्ष गर्ने चेतावनी दिएका थिए । तर सरकारले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएको थियो ।