राहदानीको विद्युतीय प्रणालीमा समस्या



काठमाडाैँ । राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारु गर्न नसकिएको आज जानकारी गराएको हो । 

विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्य भइरहेको जानकारी दिए ।


विभागले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘यही मङ्सिर ६ गतेदेखि समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने व्यहोरा अनुरोध छ ।’

विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्ण रूपमा सुचारू गराउन प्रयासरत रहेको विभागले जानकारी गराएको छ ।

विभागले उक्त समस्याबारे ६६ वटै जिल्ला प्रशासन कार्यालय तथा १७ वटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारी पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here