काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद मागेको छ ।
सोही क्रममा लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
कास्की जिल्ला अदालतमा न्यायाधीश नवराज दाहालको एक नम्बर इजलासमा लामिछानेको म्याद थपबारेको बहस भइरहेको छ । पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक कार्तिक २० गते अदालत पेश गरिएको थियो । सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको थियो ।