काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सुरु भएको छ । अहिले केहिबेर अघि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको उनको बयान जारी रहेको छ ।
रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पोखराबाट हिजो त्यहाँ पुर्याइएका लामिछानेको मंगलबार पनि बयान लिइएको थियो ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई मंगलबार रुपन्देही लगिएको हो । उनलाई बयान सकिएपछि पुनः कास्की पठाइने छ ।