मेलम्चीको पानी सहजरुपमा वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ  उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन् ।

मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रुपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे नपुगेकाबारे स्थलगत निरीक्षण गर्न आज मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।


निर्देशनकै क्रममा मन्त्री यादवले भने, “प्रत्येक वडाहरुमा गएर मेलम्चीको शुद्ध खानेपानी आए नआएका बारे बुझ्नुस्, कहाँ समस्या भइरहेको छ, त्यो विषयमा स्थलगत अनुगमन गरेर समस्याको समाधान गरी पानी वितरण गर्नुहोला ।”

मन्त्री यादवले जहाँ पाइप फुटेको छ त्यहीँ ठाउँमा मर्मत गर्न र सोही स्थानबाट तत्काल पानी सञ्चालनका लागि निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here