काठमाडौं । निजामती सेवाअन्तर्गतका विविध सेवा समूहका प्राविधिक कर्मचारीहरू सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुर्याउनसक्ने भन्दै उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले अनुचित र निजामती सेवा ऐन र नियमावलीको सेवा, समूह परिवर्तन सम्बन्धी प्रावधानको बर्खिलाप हुनेगरी अदालतबाट भएको अन्यायपूर्ण आदेश कार्यान्वयनलाई तत्काल अगाडि नबढाउन माग गरेका छन् ।