बक्सिङ टोली भोलि थाइल्याण्ड जाने



काठमाडौं । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली भोलि बिहिबार थाइल्याण्डको चियाङ–माइ प्रस्थान गर्ने  भएका छन् ।यही नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले जानकारी दिए ।  महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने महासङ्घका महासचिव भण्डारीले बताए।प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आइटीओ) मा पुस्करराज पन्त रहेका छन् ।


पन्त बक्सिङमा नेपालका एक मात्र आइटीओ हुन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच आज बिदाइ गरे ।सो अवसरमा सदस्य–सचिव घिसिङले आसन्न २०औँ एसियाली खेलकुदको तयारीका लागि बक्सिङको ट्रेनिङ प्लान पेस गर्न निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here