पूर्व गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइयो, चौथो पटक म्याद थप हुँदै



काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले उनलाई चौथो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

सहकारी ठगी, संगठित अपराधलगायतका आरोपमा लामिछाने गत कार्तििक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने यसअघि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको बेलामा विभिन्न सहकारीबाट रकम ल्याउन र खर्च गर्नेमा उनको संलग्नता रहेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here