काठमाडौँ। मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
प्रसाईंले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियमा लगानी रहेको भन्ने अभिव्यक्ति दिएका थिए।
‘ओलीको सिग्नेचर’समेत सार्वजनिक गर्दै प्रसाईंले ओलीको ३२ अर्ब लगानी रहेको दाबी गरेका थिए। उक्त सिग्नेचर ओलीको नरहेको र दुर्गाले भ्रामकता फैल्याउने अपराधिक काम गरेको भन्दै एमालेका नेता कार्यकर्ताले उनलाई तत्काल पक्राउको माग गरेका थिए।
ओली र प्रसाईं कुनैबेला निकै निकट मानिन्थे।