त्रिदेशीय मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा



काठमाडौँ । ताजिकिस्तानमा हुने त्रिदेशीय कपका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार किरणकुमार लिम्बूको कप्तानमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

कात्तिक २८ गते नेपालले पहिलो खेल ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघले एक साताअघि नवीन न्यौपानेले राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मा दिएको थियो ।


 नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बू(कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डेय, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदीप पौड्याल, अन्जल महर्जन

मिडफिल्डर : रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड : जिलेस्पी जंग कार्की, अन्जन विष्ट, निराजन धामी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here