काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक आन्दोलनका अगुवा दमननाथ ढुङ्गानाले राजनीतिक तथा सामाजिक परिवर्तनमा दिएको योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने बताएका छन् ।
अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले दुःखी बनाएको बताए । उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना व्यक्त गरेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज आइतबार दिउँसो निधन भएको थियो ।