चिनियाँ र म्यान्मारका नागरिक त्रिभुवन विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू मंगलबार साँझ सुनसहित पक्राउ परेका हुन् ।


उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए । उनीहरु भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here