कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह



काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । 

कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले शुक्रबार आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राखेका थिए । 


उनले कृषि विकास बैंक निजीक्षेत्रका बैंक भन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गरे । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दा बढी जिम्मेवारी रहेको बताए ।

बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उनले सुझाव दिए । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलन पश्चात कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्न बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थमन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गरे ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here