कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु



सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप कालीकोटको पलाँता गाउँपालिका–३ राढुनेटामा दुर्घटनामा परेको हो ।

प्रहरी घटनास्थलतर्फ गईरहेको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् । जिपमा कति जना सवार थिए भन्ने पनि खुलेको छैन ।


जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ गइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here