काठमाडौँमा २१औँ हस्तकला व्यापार मेला हुने



काठमाडौं । उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका सामग्रीको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता हुने भएको छ ।

नेपाल हस्तकला महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गर्दै मेलाको तयारी बारे जानकारी गराएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त तत्वावधानमा आगामी मंसिर २० देखि २४ गतेसम्म होटल हायात बौद्धमा मेला आयोजना गरिएको महासङ्घले जनाएको छ । 


मेलाले हस्तकला डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदानमा सहयोग गर्ने मेला संयोजक दिल्लीरत्न तुनाधरले जानकारी दिए ।

प्रतियोगितामा प्रत्येक विधामा प्रथम हुनेलाई नगद ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजारसहित पदक प्रदान गरिने उनले बताए ।

यसपटक व्यापार मेला कै सन्दर्भमा चिनियाँ तथा अन्य देशबाट पाहुनाहरु निमन्त्रणा गरी चीन नेपाल हस्तकला, संस्कृति र पर्यटक समिटसमेत आयोजना गरिने र त्यसबाट नेपालमा ग्रीन परियोजना विकास गरी कार्यान्वयन गरिने महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here