काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) का मालिक एलन मस्कबीच ‘भर्चुअल’ वार्ता भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर साझा गर्दै मस्कसँग कुरा गरिरहेको जानकारी दिएका छन् । अमेरिकी खर्बपति व्यवसायी मस्कसँग के सन्दर्भमा कुराकानीको भएको भन्नेबार कुनै जानकारी दिइएको छैन ।
मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् । उनले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत सार्वजनिक भएको थियो ।