काठमाडौँ । नेकपा एमालेले आगामी ७ मंसिरमा राजधानी काठमाडौँमा गर्ने जनसभाको तयारीका लागि संयोजन समिति बनाएको छ ।
बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनाइएको छ । समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरू टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल र जनन चौधरी छन् ।
उपचुनाव केन्द्रित गरेर एमालेले काठमाडौँमा सभा गर्दैछ ।