काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ ।
ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
“बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हँुदैछ”, उनले भने,“वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो ।”
कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थीतिसमेत रहने बताइएको छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।