अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित



काठमाडौं । बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा शुक्रबार भएको च्याम्पिनयसिपमा नेपाल साउदी अरबियासँग १४–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए । प्रतियोगितामा नेपालको दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग १७–२ ले पराजित भएको थियो ।


प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा श्रीलङ्का, प्यालेस्टाइन र साउदी अरेबिया छन् । यही कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्नेछ ।