एम्स्टर्डम, नेदरल्यान्ड । अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न सफल भएकी एक किशोरीले महिला अधिकारका लागि लडेको भन्दै मङ्गलबार प्रतिष्ठित ‘किड्स राइट्स प्राइज’द्वारा सम्मानित गरिएको छ ।
यसअघि ग्रेटा थनबर्ग र नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईलाई समेत अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार जितेका थिए ।
आयोजकले एम्स्टर्डममा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी तथा वातावरण कार्यकर्ता १७ वर्षीया नीला इब्राहिमीलाई ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको जानकारी गराएको थियो ।