अनुकूलन कोषको बोर्ड सदस्यमा उपसचिव शर्मा चयन



बाकु, अजरबैजान । अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि नरेश शर्मालाई सन् २०२५–२०२६ अवधिका लागि पुनः अनुकूलन कोष बोर्डको सदस्यमा निर्वाचित गरेको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन संरचनाको प्रारुप महासन्धि (यूएनएफसिसिसी) अन्तर्गतका पक्ष मुलुकबीच हाल बाकु, अजरबैजानमा जारी रहेको २९औँ सम्मेलन (कोप–२९) मा शर्मालाई पुनःसदस्यको रुपमा निर्वाचित गरको हो ।


यो कोषले बहुपक्षीय कार्यान्वयन संस्था क्षेत्रीय कार्यान्वयन संस्था र राष्ट्रिय कार्यान्वयन संस्थामार्फत विभिन्न देशमा अनुकूलन कार्य लागू गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

हाल शर्मा अनुकूलन कोष बोर्डअन्तर्गत मान्यता प्यानलका अध्यक्षको भूमिकामा रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here