काठमाडौं । काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विराटनगरमा पक्राउ गरी काठमाडौं ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालत लगेको थियो ।
उनीमाथि जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग छ । उनीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाइदिएसँगै यो विषय बाहिरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा उनलाई पनि प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो ।