काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू, स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषय तथा सङ्घर्षका मोडालिटीका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । आजको बैठक रविको अनुपस्थितिमा बस्न लागेको हो ।