रविमाथि अनुसन्धान गर्न प्रहरीले अदालतसँग माग्यो थप २५ दिनको म्याद



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले थप २५ दिन माग गरेको छ ।

प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै थप २५ दिन माग गरेको हो ।


लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । उनी कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।