भोलिदेखि धार्के-सितापाईला सडक पन्ध्र दिन बन्द रहने



काठमाडौं । स्तोरउन्नती सहित निर्माणाधीन अवस्थामा रहेको धार्क- सितापाईला सडक खण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द गरिने भएको छ । सो सडकमा कालोपत्रे गर्न बाँकी रहेको स्थानमा भोलीबाट कालोपत्रे सुरु गरिने भएकोले सो सडक बन्द गर्ने भएको हो ।

डिभिजन सडक कार्यालय नुवाकोटले सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन बिरामी बोकेका एम्बुलेन्स , प्रहरीका सवारी साधनबाहेक सबै सवारी बन्द गरिने भएको जनाइएको छ ।


सो सडक भएर राजधानी प्रवेशका लागी आउने सवारीका साधनहरूलाई वैकल्पिक सडकको प्रयोगका लागी समेत जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्न वैकल्पिक सडकको रूपमा धाके–नौविसो–नाग ढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई आग्रह गरेका छन् ।

पछिल्लो समय त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको बिग्रँदो अवस्थाका कारण सो सडकमा सवारी चाप समेत अत्यधिक बढेको छ ।