भारतीय वायुसेनाको मिग–२९ विमान दुर्घटना



नयाँ दिल्ली । भारतीय वायुसेनाको मिग–२९ विमान नियमित प्रशिक्षणका क्रममा प्रणालीमा खराबीका कारण आगरा नजिक दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाले आफ्नो एक्स खाता मार्फत यो जानकारी दिएको हो ।

यस दुर्घटनामा पाइलटहरू सकुशल बाँचेका छन् । विमानबाट निस्कनुअघि नै पाइलटले दुर्घटनाका कारण कुनै पनि व्यक्ति वा सम्पत्तिमा नोक्सानी नहोस् भनी सुनिश्चित गरेका थिए ।


वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।