भारतको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी, १० जना शिशुको मृत्यु



एजेन्सी । भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । 

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एन.आई.सी.यू.) मा आगो लागेको थियो । झाँसी जिल्लाका प्रसासनले १० जना नवजात शिशुको ज्यान गएको पुष्टि गरेको  बी.बी.सी. ले जनाएको छ । 


शुक्रबार राति साढे १० बजेतिर एन.आई.सी.यू.भित्रको युनिटमा आगो लागेको थियो । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको समाचारमा उल्लेख गरिएको छ । दमकल सहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले जनाएको छ । 

घटनाको छानबिनको लागि आयुक्त र डी.आई.जी.को सुपरिवेक्षणमा तत्कालै छानबिन समिति गठन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटना प्रती  दुख व्यक्त गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here