डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा विजयउन्मुख भएका छन् । मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार उनी जीत नजिक पुगेका हुन् ।
सबैभन्दा महत्वपूर्ण मानिएको स्वीङ स्टेट पेन्सिल्भेनिआमा ट्रम्पले बाजी मारेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । यसैगरी स्वीङ स्टेट नर्थ क्यारोलाइना र जर्जियामा पनि ट्रम्पले जित हासिल गरेका छन् । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएको हो ।
ताजा अवस्थामा ट्रम्प २६७ इलेक्टोरल भोटसहित अगाडि हुँदा ह्यारिस पनि २१४ इलेक्टोरोल भोटसहित पछ्याइरहेकी छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।