ट्रम्पद्वारा समर्थकलाई सम्बोधन, सबै परिणाम नआउँदै आफू विजयी भएको घोषणा



एजेन्सी । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति निर्वाचनमा आफू  विजयी भएको घोषणा गरेका छन् ।

मत गणना जारी रहँदा ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफू विजयी भएको  घोषणा गरेका हुन् ।  सम्बोधनका क्रममा ट्रम्पले  ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।उनले अमेरिकी जनताको यो शानदार जित भएको पनि बताए । अमेरिकामा ५३८ ईलेक्टोरल मत रहेकामा जितका लागि २७० मत चाहिन्छ ।


ट्रम्पले अहिलेसम्म २६६ मत ल्याएका छन् भने प्रतिस्पर्धी कमला ह्यारिसले २१८ मत ल्याएकी छिन् । ट्रम्पले बोल्न सुरु गर्नु अघि, फक्स न्यूजले ट्रम्पले चुनाव जितेका बताएको छ  । तर अन्य संचार माध्यमहरुले ट्रम्पले जितेको बताएका छैनन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here