जुत्ताको सोलमा लुकाएर ल्याएको २ किलो सुनसहित एक जना पक्राउ



काठमाडौं । जुत्ताको सोलमा लुकाएर ल्याएको २ किलो सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट २ किलो सुनसहित कर्मा सोनाम लामालाई पक्राउ गरेको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय लामालाई हिजो (बिहीबार) साँझ प्रहरीले सुनसहित पक्राउ गरेको थियो । बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा आएका लामालाई प्रहरीले जाँच गर्ने क्रममा सो परिमाणमा सुन फेला परेको थियो ।


यसबारे थप अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here