

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । उक्त दल विभाजनसम्बन्धी रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा तोएिको थियो । यसअघिपनि दुई पटक हेर्न नमिल्नेमा परेको हो ।
आज भने न्यायाधीशहरू हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलसहितको पूर्ण इजलासमा पेसी तोकिएको थियो । यो रिटको सुनुवाई नहुँदा उपेन्द्र यादव र अशोक राई दुवै मारमा परेका छन् ।
