काठमाडौं उपत्यका लगायत देशका बिभिन्न भागमा वर्षा



काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका बिभिन्न भागमा आज वर्षा भएको छ । 

बर्षाका कारण जनजीवन प्रभावित भएको छ । सोमबारको दुर्गम क्षेत्रको हवाइ उडान समेत हुन सकेन । भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका उडानहरु रद्ध भएका थिए । पानी परेसँगै काठमाडौं उपत्यकामा जाडोको महसुुस गरिएको छ ।


जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका धेरै भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । देशका पहाडी भू–भागका थोरै र अन्य भू–भागका एक दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको  छ।

आज राति देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा  र बाँकि प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमामेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here