काठमाडौँमा भूकम्पको धक्का



काठमाडौँ। काठमाडौँमा राति भूकम्पको धक्का महसुस गरिएको छ।

कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति १०: ४६ मा २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


भूकम्प सानो भए पनि केन्द्रविन्दु नजिक रहेकाले काठमाडौँमा ठूलै धक्का महसुस गरिएकाले मानिसहरू घरबाहिर निस्केका थिए।

काठमाडौँसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here