काठमाडौं । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रड नेपाल आएका छन् । रड नेतृत्वको टोली शुक्रबार काठमाडौं आएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालमा रहँदा लेफ्टिनेन्ट जनरल रडले २४९ औँ युएस मरिन कर्पस् बल कार्यक्रममा अतिथिको रूपमा भाग लिनेछन् । त्यस्तै भ्रमणका क्रममा उनले नेपाल सरकारका अधिकारीहरू र नेपाली सेनासँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।