अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा



काठमाडौं । अर्थ मन्त्रालयले विपद व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।

गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषदले अर्थ मन्त्रालयबाट विपद् कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।


विपद् जोखिम कोषमा व्यावसायिक तथा सामाजिक संघसस्था, विदेशमा रहेका नेपाली, बैंक तथा वित्तीय संस्थाले समेत रकम जम्मा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here