सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?



काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो ।


यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here