सामान्य अंकले बढेको सेयर बजारमा ७ अर्बमाथिको कारोबार



काठमाडौं। बिहीबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ।

आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो।


आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मूल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मुल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here