साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा



काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका भारत, भूटान र बंगलादेश सहभागी हुने एन्फाले जनाएको छ ।


प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा २७ खेलाडी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको बताए । प्रतियोगिताको अनुमानित बजेट रु. चार करोड ६० लाख आठ सय रहेको आयोजकको भनाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here