सहकारी ठगी प्रकरणः रवि लामिछाने पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका उनी पार्टी केन्द्रीय कार्यालय घण्टीघरबाट पक्राउ परेका हुन् । लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।


जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई आज राति नै कास्की लगिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here