लेबनानमा इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु, पाँच घाइते



बेरुत । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा हवाई आक्रमण गरेका थिए । इजरायली सेनाले दक्षिणी लेबनानका सीमावर्ती गाउँहरूमा आक्रमण जारी राखेको छ ।    


यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमार्फत इजरायली शहर एकरको सैन्य उद्योगमा हवाई आक्रमण गरेको बताएको छ ।

आइतबारको छुट्टै विज्ञप्तिमा आइडिएफले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको गोलीबारीमा शनिबार चार इजरायली सैनिक मारिएको बताएको छ । चारै जनाले आइडिएफको एलोन रिजर्व इन्फन्ट्री ब्रिगेडमा सेवा गरेका थिए ।

आइडिएफले शनिबार दक्षिणी लेबनानमा एक सय २० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा आक्रमण गरी ७० हिजबुल्लाह लडाकूलाई मारेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here