रवि लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ।

प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो।


सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ।

पत्रमा सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अदालतले अनुमति दिएको उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here