रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । 

सहकारी ठगी प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति पाएपछि सिआईबीको टोली रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय घण्टीघर पुगेको छ ।


सिआईबीका एसपी होविन्द्र बोगटी यतिवेला अदालतको पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय वनस्थली पुगेका हुन् । उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here