भुजहवा पञ्चशील बुद्ध विहारमा धम्म दीक्षा



नवलपरासी । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशील बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ ।  तत्कालीन सम्राट् अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ ।  

विश्व बौद्ध धम्म सङ्घ  नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट् अशोकले पूज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए । यसपछि गौतम बुद्धको जन्मस्थल लुुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको  बताइएको  छ । सोदिनलाई  अशोक विजया दशमीको नामबाट बुुझिने जनाइएको छ  । 


 भगवान् गौतमबुद्धको अष्टधातुुलाईु आठ भागमा वितरण गरेकोमध्ये रामग्राम स्तूप पनि हो । यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिएपछि फर्केका थिए । कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपलाई उत्खनन गर्न नदिनका लागि नागवंशीले आफ्नो ज्यानसमेत दिन तयार भएपछि सम्राट् अशोकले फर्केका थिए बताए । 

अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लागायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here