भारतीय राष्ट्रपति द्रौपदी मुर्मू अफ्रिकी राष्ट्रको भ्रमणका लागि प्रस्थान



एजेन्सी । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया र मलावीको सात दिने भ्रमणका लागि आइतबार अल्जेरिया  प्रस्थान गरेकी छन् । 

अफ्रिकी राष्ट्रमा राष्ट्रपति मुर्मुको यो पहिलो भ्रमण हो । आफ्नो भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठकहरू गर्ने तथा भारतीयहरु सँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । 


भारतको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति मुर्मूले आफ्ना समकक्षी अब्देलमाद्जिद तेबुनेको निमन्त्रणामा अक्टोबर १३ देखि १५ सम्म अल्जेरियाको भ्रमण गर्ने छिन् ।

मन्त्रालयका अनुसार भ्रमणको दोस्रो चरणमा भारतीय राष्ट्रपति मुर्मूले  अक्टोबर –१६ मा मौरितानियाको भ्रमण गर्नेछिन् । भ्रमणको अन्त्येमा उनले अक्टोबर १७ देखि १९ सम्म मलावीको भ्रमण गर्ने कार्यक्रम तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here