बाढीपहिरोले अझै पाँच सडकखण्ड पुर्णरुपमा अवरुद्ध



काठमाडौं। बाढी पहिरोले अवरुद्ध भएका ५ सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजेसम्मको अपडेट अनुसार अहिलेसम्म पहिरोका कारण देशभरमा ५ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छन् भने ८ सडक खण्ड एकतर्फी संचालन भइरहेका छन्।


अवरुद्ध भएका सडकमा काभ्रे जिल्लामा विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको चारसयबेसीमा सडक अवरुद्ध छ भने विपी राजमार्गकै रोशीको भ्याकुरेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ।

त्यस्तै रामेछापको अरनिको राजमार्ग अन्तर्गतको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा सडक पूर्ण अवरुद्ध रहेको छ। त्यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड पनि भोटेकोशी–३ मा अवरुद्ध रहेको छ।

त्यस्तै बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथीभेरा–१ को बालुवाटारमा सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here