प्रचण्डलाई ओलीको जवाफ- हामीलाई हतियार चलाउन आउँदैन, बिसाउन लगाउन जानेका छौँ



काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन्।

गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै ‘हामीलाई हतियार चलाउन आउँदैन, बिसाउन लगाउन जानेका छौँ’ भन्दै कटाक्ष गरेका हुन्।


‘एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ। हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे! त्यस्तै-त्यस्तै त हामी हुनुभएन नि। धम्काएको भरमा खाने!’ व्यङ्ग्यात्मक शैलीमा ओलीले भने,’तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ। तर, चलाउन हामीलाई आउँदैन।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले हिजो शनिबार आयोजित ‘खबरदारी सभा’मा माओवादीले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए। सोही अभिव्यक्तीलाई लक्षित गर्दै ओलीले आज कटाक्ष गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here