प्रचण्ड र पूर्वराजाबीच भेट भएको भन्ने खबरको दुबैतर्फबाट खण्डन



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको भन्ने समाचारमा सत्यता नभएको पूर्वराजाको सचिवालयले जनाएको छ ।

वरिष्ठ पत्रकार किशोर नेपालले प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्दै सामाजिक संजालमा लेखेपछि पूर्वराजा शाहको संवाद सचिवालयले त्यसमा सत्यता नभएको बताएको हो ।


संवाद सचिव डा. फणिराज पाठकले प्रचण्ड र पूर्वराजाबीच भेट भएको भन्ने हल्लामा सत्यता नभएको बताए । पत्रकार किशोर नेपालले लेखेका थिए, ‘जनयुद्धका चीफ कमाण्डर तथा संघीय गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले केही दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दर्शन भेट’ गर्नु भएको खवर धेरैका लागि अविश्वसनीय लाग्न सक्दछ । तर, सत्य कहिलेकाहीँ असत्यको आवरणमा रहन पनि सक्दछ ।’

त्यस्तै प्रचण्डको सचिवालयले पनि त्यसको खण्डन गरेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्ले लेखेका छन्, ‘जनयुद्धका कमाण्डरले पूर्वराजा भेटे’ र ‘प्रचण्डले रास्वपा अध्यक्षप्रति भाइचारा दर्शाउन कार्यक्रम गर्ने’ भन्ने पोस्ट सतप्रतिशत कपोकल्पित र झुट भएको स्पष्ट गर्दछु। अचम्म यो छ कि यो उहाँ आफैले गरेको हो या कसैको नियोजित उक्साहटमा ? तपाईं जस्तो व्यक्तित्वले यति कमजोर र भ्रामक कुरा गर्न पटक्कै सुहाएन । यस्तो कुरालाई सच्चाउनसमेत हार्दिक आग्रह गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here