पशुपतिमा नवरात्री महोत्सव सुरु



काठमाडौं । वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आज बिहिबार देखि सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुने भएको छ ।

महोत्सवमा देवी भागवत प्रवचन गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी हुने बताए । उनले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्र गरिएको थियो । उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथो भजनकृतन गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here