न्यूरोडबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ



काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलेदोलखाको बिगु गाउँपालिका–४ स्थायी घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही ठाउँ घर भई न्यूरोड बस्ने २५ वर्षीय सुरेश वलीलाई १९ लाख नगदसहित सोमबार न्यूरोडबाट पक्राउ गरेको हो ।

साबित्रीको साथबाटबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९ लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरु न्यूरोडस्थित भारतीय नागरिकको कार्यालयमा काम गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here