नाै महिनामा नाइजेरियामा दश हजार भन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु



एजेन्सी । यस वर्षको जनवरी देखि सेप्टेम्बरको बीचमा दक्षिण पश्चिमी राज्य लागोस सहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले कम्तीमा ३ सय ५९ जनाको मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले जनाएको छ ।

राजधानी अबुजामा हैजाको प्रकोपको अद्यावधिक गरिएको तथ्याङ्कमा जनस्वास्थ्य विभागले सङ्क्रमितको सङ्ख्या बढेर दश हजार ८ सय ३७ पुगेको  पुष्टि गरेको छ । 


यस वर्ष अहिलेसम्म नाइजेरियाका ३३ वटा राज्यमा हैजाको घटना सुचित गरिएको छ । गत हप्ता मात्रै पाँच राज्यमा १ सय ९८ वटा नयाँ सङ्क्रमण  रिपोर्ट गरिएको थियो जसमा मृत्युको अनुपात ७.६ प्रतिशत रहेको एनसीडीसीले जनाएको छ ।

क्षेत्रीय राष्ट्रिय हैजा प्राविधिक समूहको नेतृत्व गर्दै, एनसीडीसीले अधिकारीहरूलाई हैजा रोकथामको तयारी र प्रतिस्थापन योजना बढाई आपतकालीन व्यवस्थापनको लागि क्षमता विकास गर्न आग्रह  गरेको छ ।   प्रकोपबाट प्रभावित समुदायमा खुलारुपमा दिशा पिशाब गर्ने गलत अभ्यास रहेको एनसीडीसीले उल्लेख गरेको छ ।

पिउने पानी र सरसफाइमा कमजोर पहुँचलाई प्रकाश पार्दै एनसीडीसीले यस्तो अस्वस्थ्य अभ्यासले हैजा फैलावट रोक्ने देशको प्रयासमा चुनौती खडा गरेको जनाएको छ । हैजा एक अत्यधिक विषाक्त रोग हो जुन गम्भीर झाडा–पखालाको अचानक शुरुवातको विशेषता हो । यसले शरिरमा तरल पदार्थको कमी (डिहाइड्रेसन) का कारण मृत्यु निम्त्याउन सक्छ । 

विशेष गरी घना जनसङ्ख्या भएका क्षेत्रहरूमा पिउने पानीको आपूर्तिको अभावका कारण नाइजेरियामा हैजाको प्रकोप बारम्बार बढिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here